दफा ९५
कसूरदारलाई आश्रय दिन नहुने

(१) कसैले कुनै कसूरदारलाई जानीजानी पक्राउ हुनबाट वा कानून बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिनुहुँदैन ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कसूरदार” भन्नाले कुनै कसूरमाशङ्कास्पद रहेको, अभियुक्त बनाइएको वा अदालतबाट दोषी ठहर भएको व्यक्ति सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) जन्मकैद वा बीस वर्षसम्म कैद सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए पाँच वर्षसम्म कैद रपचास हजार रुपैयाँँसम्म जरिबाना,
(ख) दश वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए तीन वर्षसम्म कैद र तीस हजाररुपैयाँँसम्म जरिबाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कसूरको कसूरदारलाई आश्रय दिएको भए त्यस्तो कसूरमा हुनसक्ने कैद वा जरिबानाको उपल्लो हदको चार खण्डको एक खण्डसम्म कैद वा जरिबाना वा दुवै ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको पति वा पत्नी वा बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ,दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा, बुहारी, ज्वाइँले आश्रय दिएकोमा यस दफा बमोजिमको कसूरभएको मानिने छैन ।